रुपन्देहीको देवदहमा आइसियु बेड नपाउँदा एक पुरुषको घरमै मृत्यु

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७७ असोज ३० गते १६:५४

रुपन्देहीमा एक संक्रमितले आइसियु बेड नपाउँदा ज्यान गुमाएका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ का गंगाधर भट्टराइको मृत्यु भएको हो । गत २८ गते कोरोना पोजेटिभ देखिएका उनी रुपन्देहीका कोरोना अस्पतालहरुमा बेड खाली नहुँदा घरमै बस्न बाध्य थिए ।

शुक्रबार बिहान र बिहीबार पनि दुइ जना व्यक्तिको आइसियु बेड नपाएका कारण मृत्यु भएको थियो ।

उनको शुक्रबार बिहान घरमै मृत्यु भएको मृतकका कान्छा छोरो होमनाथ शर्माले बताए । कोरोना अस्पतालमा बेड पाइएन शर्माले भने बिरामी बुवाले दुख्ख पाएर बित्नभो ।

उनको परिवारले अस्पतालमा बेडको व्यवस्था गर्नका लागि स्थानीय नेतादेखि देवदह नगरपालिका र बुटवल उपमहानगरका मेयरसम्मलाई फोन गरी अनुरोध गरेको भएपनि बेड नपाइएको उनले सुनाए । धेरै ठाउँ गुनासो सुनाएपनि आफुहरुको कुरा कहि कतैबाट वास्ता नभएको उनले बताए ।

उनको परिवारलाई बुटवल र भैरहवाका अस्पतालहरुले बिरामीले बेड भरिएको हुँदा अस्पतालमा बिरामीलाई नल्याउन र घरमै राख्न भनेका थिए ।  उपचारको लागि लैजाने भए दाङको बेलझुण्डी अस्पतालमा लैजान सक्ने जवाफ अस्पतालहरुले दिएका थिए ।

बुवाको उमेर त बढी नै हो शर्माले भने, उहाँमा दीर्घ रोग थिएन । कोरोना पोजेटिभ देखिएपछि श्वास फेर्नका लागि केही अप्ठ्यारो भएकोमा गएको राती १२ बजेदेखि भने बुवा आत्तिएको उनले बताए ।

रातीदेखि श्वास फेर्न साहै गाहाे भयो उनले भने, अस्पतालको बेड पाएको भए बुवाले त्यति कष्ट त सहनुपर्ने थिएन । आइसियु बेड पाएको भए बुवा बाच्ने उनको दाबी छ । कुनै रोग नभएको हुँदा अझै १०÷१५ बर्ष बाँच्नुहुन्थ्यो जस्तो लाग्छ शर्माले सुनाए ।

अस्पतालमा उपचारको क्षमता नभएका कारण आफुहरु बावु गुमाएर टुहुरो भएको र अरु छोराछोरीहरु टुहुरो हुन नपर्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए ।

मृत्युपछि नेपाली सेनाले गंगाधर भट्टराईको शब घरबाट उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय