स्वास्थ्य मन्त्रालयको भन्यो— लक्षण देखिएका स्वास्थ्यकर्मीको मात्रै कोरोना परीक्षण गर्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई कोरोनाको लक्षण देखिएमात्रै परीक्षण गर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गदै कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण वा पोजेटिभ देखिए मात्र आइसोलेसनमा बस्न निर्देशन दिएको हो।

कोभिड १९ का बिरामीहरूको उपचारमा प्रत्यक्ष रूपमा सम्लग्न स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन,२०७७ परिमार्जन गर्दै सो निर्णय गरेको हो।

मन्त्रालयको  आपतकालिन तथा विपद् व्यवस्थापन ईकाईले सबै कोभिड अस्पतालहरुलाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडकोलक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन राख्नेर बस्ने व्यवस्था आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय