कोरोना संक्रमणपछि पाचन प्रक्रियामा समस्या

धेरै मानिसहरू कोभिड–१९ निको भएर पनि रोगको दीर्घकालीन प्रभावहरु पर्ने बारेमा चिन्तित छन्।

दीर्घकालीन रोगीहरु जस्तै मुटु, फोक्सो, किड्नीमा समस्या भएकाहरूलाई अनेकौं समस्याहरु भइरहेका छन्।

अन्य स्वास्थ्य समस्या बाहेक उनीहरुले ‘ग्यास्ट्रोइन्टेस्टिनल ट्रक्ट’ समस्या पनि हुने गरेको छ।

पाचन शक्तिमा समस्या आए धेरै समयसम्म नजचाउँदा नराम्रो असर पर्नसक्छ।

यसका लागि पिरो, तेल धेरै भएको र प्रशोधित खानेकुराहरु कम गर्नुपर्छ। त्यसका साथसाथै डाक्टरको सल्लाह बमोजिम औषधी सेवन गर्नु पर्दछ।

प्राय: मानिस कोरोना संक्रमणबाट निको भएतापनि खाना नरुच्ने वा धेरै खान मन लाग्ने, माथिल्लो पेट दुख्ने, झाडापखाला लाग्ने, वान्ता आउने जस्ता लक्षणहरु देखिएको पाइएको छ।

कोरोनाले अन्य शरीरको अंग सँगसँगै पाचन प्रणालीमा पनि असर गर्छ। पचन प्रणलीलाई असर गरे यसको गतिविधिलाई अवरोध पु¥याउँछ र शरीरबाट इलेक्ट्रोलाइट्स र फ्लुइडहरु ग्रहण गर्न असमर्थ हुन्छ। यसो भएमा ग्यास्ट्रोइन्टेस्टिनल ट्रक्टमा रक्तस्राव हुन सक्छ।
यसका लागि पोषणयुक्त खानेकुराहरु, फलफुल, तरकारी र गेडागुडी खानुपर्छ। प्याकेटमा राखिएको खानेकुरा, पिरो, नुन र चिनी भएका खानेकुरा नखाँदा राम्रो हुन्छ।

यसबाट बच्न के गर्ने?

खानालाई राम्ररी चपाउने

खानालाई राम्ररी नचपाउँदा एसिडिटि हुन सक्छ। त्यसैले खानालाई राम्ररी चपाउने र खानामै ध्यान केन्द्रित गरेर खाने। यसरी खाँदा पाचन शक्ति राम्रो हुन्छ।

शरीरिक बयाम र चिन्ता मुक्त हुने

हरेकदिन व्यायाम गर्दा, हिँड्दा, दौडिँदा मुटुमा हुने एसिडिटि र कब्न्यत कम हुन मद्धत गर्छ। योग र ध्यान गर्दा मानसिक तनाब पनि घट्दै जान्छ। एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय