रुकुम पूर्वको सिस्ने पूर्ण खोप सुनिश्चित पालिका

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ। गाउँपालिका भित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप लगाएको तथ्यांक आएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाले कार्यक्रमको आयोजना गरि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका छन् । प्रतिनिधिसभाका सदस्य कमला रोकाले बिहीबार प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित घोषणा गरेकी छिन् ।

यस सँगै रुकुम पूवमा सिस्ने पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका बनेको छ । रुकुम पूर्वमा तीन वटा स्थानीय तह रहेका छन् ।

गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र स्वास्थ्य कार्यालय रुकुम (पूर्व) को सक्रियता र सरकारको लक्ष्य र लगानीमा गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भएकोमा सांसद रोकाले धन्यवाद दिइन्।

अहिले जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएका छन् । पछिल्लो समय अभिभावकमा पनि नियमित खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्याउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको सांसद रोकाको भनाइ छ ।

सिस्ने गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् । ८ वटा वडामध्ये अन्तिम पटक वडा नं. १, सिस्ने गत असार ३१ गते पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ।

गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा बालबालिका जन्मेदेखि १५ महिनासम्मका ५ सय २१ जना र १६ देखि २३ महिना सम्मका २ सय ९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएको जानकारी दिए ।

गाउँपालिकाले बनाएको योजना अनुसार नै असोज महिनामा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको यादवको भनाई छ ।

गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्था रहेका छन् । ति स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय