तिलोत्तमाका कोरोना संक्रमित पुरुषको मृत्यु

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ असोज ३० गते ८:३०

बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत एकजना पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आइसियुमा राखेर उपचार भइरहेको थियो। ४ दिन आइसोलेसनमा बसेको उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए।

उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारका क्रममा उनको शुक्रबार बिहान ७:१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय