मानव अधिकार उलं‍घन गर्ने यी हुन् दु‍ई चिकित्सक

राष्ट्रिय मानव अधिकार आयोगले विगत दुई दशकमा मानवअधिकार उल्लंघन गरेका २८६ जनाको नाम सार्वजनिक गरेको छ। जसमध्ये २ चिकित्सक रहेको आयोगले जनाएको छ।

मानवअधिकार उल्लघन गर्ने डाक्टरहरू वीरेन्द्रकुमार मण्डल र नवलकिशोर झा हुन्।

डा. झालाई आर्थिक वर्ष २०७०/७१ मा जिल्ला स्वास्थ्य कार्यलय, खोटाङमा बिरामीको उपचारमा र कानुनी जटिलताका विषयमा संवेदनशील नभएको र मातहतका कर्मचारीले गरेका काम कारबाहीहरू उपर प्रभावकारी सुपरिवेक्षण नगरेको आयोगले जनाएको छ।

त्यस्तै आयोगले डा. मण्डलले जिल्ला अस्पताल सर्लाहीमा शव परीक्षण गर्ने समयमा मापदण्ड बिना न्युनतम प्रक्रियाहरू समेत पुरा नभएको जनाएको छ।

यि दुवै चिकित्सकलाई सचेत गराउनको लागि आयोगले सरकारलाई सिफारिस गरेको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माद्वारा बिहीबार भर्चुलबाट सार्वजनिक प्रतिवेदन अनुसार उल्लंघनकर्तामा नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, नेकपा माओवादीका ६५, निजामती कर्मचारी १६, सशस्त्र प्रहरी ८, शिक्षक ४, चिकित्सक २, मानवअधिकारकर्मी १ र अन्य ७ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय