औषधि व्यवस्थाको विभागको जिम्मेवारी भरत भट्टराईले पाए, ढकाल प्रयोगशालामा तानिए
औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन।
महानिर्देशक रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहिबार मन्त्रिस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी भट्टराईलाई दिने निर्णय गरेका हुन्।
भट्टराई दुई महिना अघि एघारौँ तहमा बढुवा भएका थिए ।