देशभर थपिए ३७४९ कोरोना संक्रमित, १९ को मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ६४ जनाले संक्रमण जितेका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित संख्या ३६ हजार ५ सय ३३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप १९ जना जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १९ सय ३५ संक्रमित थपिएका छन्।

काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी जम्मा १९ सय ३५ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय