वीरमा आइसियु बेड नहुँदा कोरोना संक्रमितको ज्यान गयाे

वीर अस्पतालमा उपचाररत कोरोना संक्रमित आइसियु बेड खाली नहुँदा मृत्यु भएको छ।

ब्रेन ट्युमर भएकी रौतहटको कटहरिया नगरपालिका वडा नं ४ की ४३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनी असोज २ गते न्युरो सर्जरी वार्डमा भर्ना भएकी थिइन।

‘पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो। हामीले पछि कोभिड वार्डमा भर्ना गरेका थियौँ,’डा. सेञ्चुरीले भने, ‘उपचार गर्दा गर्दै हिजो बेलुकी बिरामीको मृत्यु भयो।’

डा. सेञ्चुरीका उनका मृतकको दुबै फोक्सोमा निमोनिया देखिएको थियो।

तर, मतृकका आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। बिरामीलाई स्वास्थ्य समस्या आएपनि कुनै पनि चिकित्सकले हेर्ने नआएको थप उपचार नगरेको कारण मृत्यु भएको आफन्तले दाबी गरेका छन्।

तर, डा. सेञ्चुरीले भने अस्पतालका चिकित्सकको कुनै पनि लापरबाही नभएको बताए।

‘बिरामीको स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सार्ने योजना गरेको थियौँ,’ डा. सेञ्चुरीले हेल्थपोस्ट सँग भने,‘ आइसियुमा बेड खाली नभएकाले आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।’

उनका अनुसार बिरामीको स्वास्थ्य बारे आफन्तलाई पटक—पटक भन्दै आएका थिए।

‘बिरामीको अवस्था जटिल छ। यहाँ आइसियू बेड खाली छैन। अन्त कतैँ पाउनु भयो लैजानुहोस भनेका थियौँ। बिरामीलाई आइसियु बेड खाली नभएका कारण बचाउन सकेनौँ,’ डा सेञ्चुरीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय