प्रदेश लोकसेवा आयोगले माग्यो स्वास्थ्य र इन्जिनियरिङतर्फका ९६ कर्मचारी

प्रदेश लोकसेवा आयोगले माग्यो स्वास्थ्य र इन्जिनियरिङतर्फका ९६ कर्मचारीलुम्बिनी प्रदेश लोकसेवा आयोग बुटवलले स्वास्थ्य र इन्जिनियरिङतर्फ विज्ञापन प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। स्थापनापछि पहिलो पटक प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेको हो।

आयोगले सार्वजनिक सूचना जारी गरी स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जना कर्मचारी माग गरेको हो। आयोगले सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरेको छ।

लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुसारका कर्मचारी छैनन्। अहिले प्रदेश लोकसेवा आयोगले स्वास्थ्य र इन्जिनियरीङतर्फको मात्रै कर्मचारी माग गरेको हो।

त्यस्तै इन्जिनियरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको छ। इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनियरलगायतका पदमा कर्मचारी माग गरिएको लुम्बिनी प्रदेश लोकसेवा आयोगका प्रवक्ता सूर्यप्रसाद भुसालले जानकारी दिए।

भुसालका अनुसार निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि राखिएको छ।

प्रदेश सरकारले माग गरे अनुसार कर्मचारीको माग गरिएको र अरु क्षेत्रका कर्मचारी पनि प्रदेश सरकारले माग भएपनि सूचना प्रकाशित गरिने भुसालको भनाई छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले दोब्बर दस्तुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सक्नेसूचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय