सरकारले कोरोना उपचारको उपकरण खरिदका लागि करोडाैं बजेट पठायो, कुन अस्पतालमा कति?

कोरोना उपचारका लागि देशका विभिन्न अस्पतालमा करोडौं रकम पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले देशका विभिन्न अस्पतालमा आइसियु र भेन्टिलेटर सहित अन्य व्यवस्थापनका लागि अस्पतालहरुमा बजेट पठाएको बताए।

मन्त्रालयको कोरोना अपटेड मार्फत डा. गौतमले कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा ५ वटा भेन्टिलेटरसहित १५ वटा आइसियुको व्यवस्थापनका लागि प्रति अस्पताल ३ करोड रुपैयाँ बजेट पठाइएको बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियुका लागि दुई करोड रुपैयाँ बजेट मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ३४ भेन्टिलेटर र १०० आइसियुका लागि २० करोड बजेट विभिन्न अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको गत भदौ २१ गतेको कोभिड कोष निर्णय अनुसार मार्फत त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर र १४ आइसियुका लागि लागि ५ करोड ७५ लाख रुपैयाँ बजेट पठाइएको छ।

धुलिखेल अस्पतालमा ५ भेन्टिलेटर र १४ आइसियुका लागि २ करोड ८५ लाख रुपैयाँ पठाइएको छ। त्यसैगरी, प्रहरी अस्पतालमा भेन्टिलेटरसहित २० आइसियुका लागि ८ करोड ४० लाख रुपैयाँ पठाइएको डा. गौतमले बताए।

डा. गौतमका अनुसार प्रदेश अन्र्तगतका धनकुटा अस्पताल, पाँचथर अस्पताल, सर्लाही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ अस्पताल, दमौली अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, कालिकोट अस्पताल र सल्यान अस्पतालमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियुका लागि दुई÷दुई करोड रुपैयाँका दरले २८ करोड रुपैयाँ पठाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय