अब यस्ता व्यक्तिको मात्रै हुनेछ, कोरोना परीक्षण निशुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड तोकेको छ।

सरकारले कोभिड—१९ को प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै सो निर्णय गरेको हो।

मन्त्रालयले निःशुल्क कोभिड परीक्षणको लक्षित समूह तोकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मन्त्रालयका अनुसार निम्न मापदण्डका व्यक्ति तथा समूहको निशुल्क कोभिड परीक्षण हुनेछः

– आर्थिक रुपले विपन्न अशक्त, असाहय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, जेष्ठ नागरिक

– अग्रपंतीमा खटिने स्वास्थ्यकर्मीहरु , सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरु

माथि उल्लेख गरिएका व्यक्तिमा कोरोनाका कुनै लक्षण वा चिन्ह देखिएका निशुल्क परीक्षण हुने प्रवक्ता गौतमले बताए।

‘निशुल्क परीक्षण गर्ने भनिएका उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीमा बिमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बिमा रकमबाट व्यहोरिने निर्णय सरकारले गरेको छ,’ डा. गौतमले भने,‘ उनले भने, उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भए परिक्षण शुल्क बिमा रकमबाट काटिने छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय