भक्तपुरमा ५० शैय्याको अस्पताल निमार्ण, भेन्टिलेरसहितको आइसियू सेवा

भक्तपुरमा ५० शैय्याको अस्पताल निमार्ण हुने भएको छ।

कोरोना संक्रमितले आइसियु तथा भेन्टिलेटर सेवाबाट बञ्चित हुने अवस्था आएपछि सुर्यबिनायक नगरपालिकाले सो निर्णय गरेको हो।

भक्तपुर सूर्यविनायकस्थित भक्तपुर ईट्टा टायल कारखानाको परिसरमा अस्थायी अस्पताल निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ।

सो अस्पताल भक्तपुर सुर्यबिनायक नगरपालिकाद्वारा निर्माण योजना तथा बिरदलगण सुर्यबिनायकको प्राबिधिक सहयोगमा बन्न लागेको हो। हाल जहाँ ५० आइसियु बेड सहितको भेन्टिलेटर सेवा उपलब्ध हुनेछ।

भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक किरण थापाले २०७७ असोज १९ गतेको कार्यपालिका बैठकबाट पारित भएको जानकारी गराए।

बैठकको निर्णय अनुसार सूर्यविनायकमा अस्पताल बन्ने भएको जनाएको छ।

‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढदै गइरहेकोले अवस्थामा भक्तपुरमा आइसियू नभएका कारण विरामीहरु उपचारबाट बञ्चित हुनुपरेका छन्,’ थापाले भने,‘ यसलाई नै मध्येनजर गर्दै विरामीहरु उपचारबाट बञ्चित नहोस् भनी अस्पताल संचालन गर्न लागिएको हो।’

साथै अस्थायी अस्पतालाई सूर्यविनायक नगरपालिकाद्धारा संचालित पुर्ण अस्पताल बनाउने योजना रहेको बताए। तर अहिलेको अवस्थालाई

मध्यनजर गरी फाइवरको प्रयोग गरी करिब १५ दिनमा नै अस्पताल संचालन गर्ने योजना रहेको थापाले बताए।

बिरदल गणका कर्नेल शिव प्रसाद पौडेललगात स्थानिय समाजसेविहरूको सहयोग रहने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय