भक्तपुरमा दशैं औपचारिक रुपमा मनाउन नगरप्रमुखको आग्रह

भक्तपुर नगरपालिकाले दशैं औपचारिक रुपमा मनाउन आग्रह गरेका छन्।

नगरपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशैंमा हुने सबै पराम्परागत पुजाहरु औपचारिकतामा सिमित गर्ने अनुरोध गरेका हुन्।

भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले अहिलेको दशैं औपचारिकतमा सिमित गरेर मनाउनका लागी सबै नगरबासी अनुरोध गरेको बताए।

‘हामीले भक्तपुरमा हुने नवरातमा बाजगाजासहित मन्दिरपीठ नजान र बाजागाजा विना पनि भक्तजनहरु नजान अनुरोध गरेका छौं,’ प्रजापतिले भने, ‘पहिला हामी कोरोना सँग बाच्नु पर्छ। वर्षको दशै औपचारितामा सिमित गरेर मनाउ, अर्को वर्ष धुमधामसंग मनाउला नि !’

भक्तपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुरमा नवरात, वलि प्रथा र खम्ये जात्रा, तलेजु पाँय्न्ह्याकेगु जात्रा समेत अहिले औपचारिकता सिमित गरी आस्था अनुसार घर घरमा मात्र सिमित गर्न अनुरोध गदैं आएको बताए ।

नवरातमा बाजागाजा नलान साथै बाहिरको अष्टमी दशमीमा मन्दिर र सवारी साधनमा वली दिने कार्य समेत रोक्न अनुरोध गरेको ज्याख्व बताउँछन्।

बुवाको मुख हेर्ने अवस्थादेखि लकडाउन खुकुलो भएपछि संक्रमित दिन दुई गुणा रात चौगुणा समुदाय स्तरमा फैलिएर बढेकोले अव झन भयावह स्थिति रोक्नुपर्ने अवस्था आएको ज्याख्वले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय