‘दोस्रोपटक कोरोना संक्रमण झन् खतरनाक’

एकपटक निको भइसकेको व्यक्तिलाई दोस्रोपटक हुने कोरोना संक्रमण अझै खतरनाक हुने चिकित्सकहरूले बताएका छन्।

अमेरिकामा एक व्यक्तिलाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएपछि डाक्टरहरूले यस्तो बताएका हुन्।

२५ वर्षका एक पुरुषलाई सास फेर्न गाह्रो भएर उनको फोक्सोले अक्सिजन लिन नसकेपछि अस्पताल पुर्‌याइएको थियो।

उनी पहिलोपटक निको भइसकेका संक्रमित हुन्। र, दोस्रोपटक पनि उनमा संक्रमण भयो। अध्ययनअनुसार निकै थोरैलाई मात्रै भाइरसको पुनः संक्रमण देखिएको छ।

ल्यान्सेट इन्फेक्सियस डिजिजले गरेको एउटा अध्ययनले भाइरससँग लड्न कति प्रतिरोधात्मक क्षमता बन्नसक्छ भन्नेमा प्रश्न उठाएको छ।

नेभाडाका ती पुनः संक्रमित व्यक्तिमा कुनै स्वास्थ्य समस्या नभएकै कारण उनलाई त्यत्ति गाह्रो नबनाएको अध्ययनले देखाएको छ।

कहिले के भयो ?

२५ मार्च स् पहिलो लक्षण देखिएको थियो। त्योबेला घाँटी दुख्ने, खोकी, टाउको दुख्ने, रिँगटा लाग्ने र बान्ता आउने, झाडापखालाका लक्षण देखिएको थियो।

१८ अप्रिल स् उनमा कोरोना पोजिटिभ देखियो।

२७ अप्रिल स् सुरुको लक्षण सबै निको भयो।

२६ मे स् कोरोना पक्षिणमा नेगेटिभ देखियो।

२८ मे स् फेरि लक्षण देखापर्न थाल्यो। टाउको दुख्ने, ज्वरो आउने, खोकी, रिँगटा, झाडापखाला जस्ता लक्षण आउन थाल्यो।

५ जुन स् फेरि कोरोना संक्रमण पोजिटिभ देखियो। योपटक भने सास फेर्न गाह्रोे भएको पनि देखियो।

वैज्ञानिकहरूका अनुसार उनलाई पहिलेको कोरोना संक्रमण नबल्झिएर, फेरि संक्रमित भएका हुन्।

पहिले संक्रमण हुँदाको भाइरसको जेनेटिक कोड र पछिको कोडलाई दाँजेर हेर्दा भिन्नता पाइएको एक अनुसन्धानकर्ताले भनेका छन्।

‘हाम्रो खोजका अनुसार पहिलेको संक्रमणले पछि आउने संक्रमणलाई संरक्षण गर्न सक्दैन,’ नेभाडा विश्वविद्यालयका डाक्टर मार्क प्यान्डोरीले बताए।

संक्रमण मुक्त भए पनि सरकारले दिएका निर्देशन पालना गर्नुपर्ने, सबैले सधैं मास्क लगाएर हिँड्ने, हात धुने र सामाजिक दुरी पालना गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

वैज्ञानकिहरूले अझै पनि कोरोना भाइरसको इम्युनिटीको विषयलाई बुझ्ने कोसिस गरिरहेका छन्। एजेन्सीहरूको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय