देशभर ३५५६ र काठमाडौं उपत्यकामा २१२९ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ।

यस्तै काठमाडौं १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ गरी काठमाडौं उपत्यकामा दुई हजार एक सय २९ कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा एक हजार पाँच सय तीनजनाले कोरोना जितेका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ। यो निको हुने ६८.३ प्रतिशत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय