कुनै पनि पालिका अस्पतालबिहीन हुँदैनन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि पालिका अस्पताल बिहिन नहुने जनाएको छ।

मन्त्रालयले आफूले गरेका विभिन्न सुधारका काम र उपलब्धिहरु सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पताल नभएका सबै ६४९ वटा पालिकाहरूमा ५ बेडको अस्थायी अस्पताल बनाउन बजेट विनियोजन भई स्थानीयतहमा पठाइसकेको बताए।

राज्यले उद्घोष गरेको आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँजपुग्ने सुनिश्चित गरेको छ,’डा. गौतमले भने,‘ अब कुनै पालिका अस्पताल बिहिन हुन पर्दैन।’

त्यसैगरी, नागरिकले राज्यबाट निःशुल्क प्राप्त आधारभूत स्वास्थ्य सेवालाई व्यवस्थापन गर्ने र आकस्मिक सेवामा नागरिकको पहुँच सुनिश्चित गर्नका लागि जनस्वास्थ्य सेवा नियमावली, २०७७ जारी गरी कार्यावन्यन तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

डा. गौतमका अनुसार सरूवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको न्यूनतम ५० शय्याको प्रदेश स्तरीय अत्याधुनिक सुविधासम्पन्न सरूवा रोग अस्पताल स्थापना गर्न प्रत्येक प्रदेशमा ८ करोडका दरले ५६ करोड बजेट पठाइएको छ।

सात प्रदेशका १४ वटा अस्पतालबाट गरिब तथा विपन्नवर्गलाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन कार्यविधि जारी गरी १४ करोड रकम हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

डा. गौतमले काठमाडौं उपत्यकामा ३ सय शैयाको सरूवा रोग अस्पताल स्थापना गर्न भवन तथा जग्गा खरिद सम्बन्धी कार्य प्रारम्भ भएको डा. गौतमले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय