मोरङमा दुई कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट/मोरङ
प्रकाशित
२०७७ असोज २७ गते ११:२१

मोरङमा मंगलबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका क्रममा अस्पतालमा उनीहरुको मृत्यु भएको हो।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेकै दिन गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ। गत शनिबार कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

मंगलबार बिहान २ः१५ बजेतिर उनको मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। लामो समयदेखि दमको समस्या रहेका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय