कोशी अस्पतालमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक जना वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको बिहान २:१५ बजेतिर मृत्यु भएको हो।

उनका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा असोज २४ गते रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएको भोलिपल्ट आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बस्नेतले बताए।

उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा। दीपक सिग्देलका अनुसार वृद्धमा दमको पुरानै समस्या थियो। अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सोमबार साँझबाट भेन्टिलेटरमा राखिएको भए पनि बचाउन नसकिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय