सुत्केरीको उपचार गर्न लागेका नक्कली डाक्टर पक्राउ

हेल्थपाेस्ट/वीरगन्ज
प्रकाशित
२०७७ असोज २७ गते ९:४७

डाक्टरकाे बाेर्ड राखेर उपचार गर्दैगर्दा पक्राउ परेका नारद साह

वीरगन्जमा एक जना नक्कली डाक्टरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।  डाक्टरको बोर्ड राखेर गर्भवतीको अल्ट्रासाउण्ड गर्दैगर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी गाउँपालिका-३ निवासी ४० वर्षीय नारद साह तेलीलाई पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिकाको–२, छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकरको नाममा आफैंले विरामीको चेकजाँच गरी उनले औषधीसमेत बेच्ने गरेका थिए।

गर्भवतीको अल्ट्रासाउण्ड गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उनलाई सोही स्थानमा नै फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनलाई मुलुकी अपराध संहितअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय