नारायणी अस्पतालको प्रयोगशालामा थप २५ जनामा कोरोना पुष्टि


नारायणी अस्पतालको पिसिआर प्रयोशालामा भएको परीक्षणमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार राति गरिएको परीक्षणमा २५ जनामा कोरोना देखिएको भएको अस्पतालले बताएको छ। थपिएका संक्रमितमा १४ वर्षदेखि ६५ वर्ष उमेर समूहका रहेका छन्।

प्रयोशालामा कूल ९८ जनाको स्वाब परीक्षण गरिएकोमा पर्साका ८ जना , बाराका १२ र चितवन , सर्लाही ,सुनसरी ,मोरङ ,ललितपुरका एक÷एक जनामा संक्रमण फेला परेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए।

संक्रमित हुनेमा ५ जना महिला र २० जना पुरूष छन्। प्रयोशालामा पर्साका ६४ जनाको पिसिआर परीक्षण गरिएकोमा ८ जना संक्रमित भेटिए।

तीमध्ये वीरगन्जस्थित सिद्धर्थ बैंक र नेपाल एसबीआई बैंकका एक÷एक जना कर्मचारी रहेका छन्। थपिएका संक्रमित वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र १० एक÷एक जना र वडा नम्बर ३० का दुई जना हुन्।

यस्ते, पर्सागढी नगरपालिका र पकहामैनपुर गाउँपालिकाका एक÷एक संक्रमण पुष्टि भएको छ। बाराका ३४ जनाको स्वाब परीक्षण गरेकोमा १२ जनामा पुष्टि भएको छ।

पुष्टि हुनेमध्ये बाराको कलैया उपमहानगरपालिका वडा ५ , १९ , २१ का स्थानीय हुन्। कोल्भी गाउँपालिकामा ६ जना र चन्दननाथ गण क्वारेन्टाइनका एक जना, करैयामाई गाउँपालिकाका एक जना, जितपुरसिमरामा एक जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय