आकस्मिक कक्ष स्तरोन्नतिकालागि ४ अस्पताललाई ३६ करोड विनियोजन

अस्पतालको आकस्मिक कक्षको स्तरोन्नतिको गर्नको लागि स्वास्थ्य मन्त्रालयले ३६ करोड विनियोजन गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ९ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि ३६ करोड पठाइएको बताए।

त्यसैगरी डा. गौतमले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन भए नभएको थाहा पाउन अनिवार्य रूपमा मन्त्रालयले अनुगमन गर्न बताए।

प्रत्येक अस्तपालमा ट्रमा युनिट निर्माणका लागि ५० लाखको दरले ५ करोड विनियोजन गरिएको प्रवक्ता डा गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय