बरिष्ठ शल्यचिकित्सक डा. राम लाल मिश्रको मृत्यु

बरिष्ठ शल्यचिकित्सक डा. राम लला मिश्रको मृत्यु भएको छ।

असोज २४ गते जानकी हेल्थ कियरमा उपचारको क्रममा मृत्यु भएको नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा.  राम निदेश पण्डितले बताए।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए।

डा. मिश्र ८१ वर्षका पुगेका थिए।

हाल डा. मिश्र सरकारी स्वास्थ्य सेवाको अवधि पार गरि रिर्टायर जीवन बिताइरहेका थिए।

रिर्टायर समयमा जनकपुर अञ्चल अस्पतालमा कार्यरत थिए।

चिकित्सक संघको आजीवन सदस्य रहेका मिश्रको निधन प्रति संघले दुख प्रकट गरेको छ।

सोमबार संघले एक विज्ञप्ती जारी गर्दै डा. मिश्रले नेपालको स्वास्थ्य सेवामा पुर्याएको योगदान सदै स्मरणयोग्य रहने जनाएको छ।

इमान्दार, लगनशील र प्रतिष्ठित विशेषज्ञ शल्य चिकित्सकलाई गुमाउन पुगेकोमा संघ परिवार अत्यन्तै मर्माहीत भएको संघले जनाएको छ।

दीवंगत आत्माको चीरशान्ती कामना गर्दै शोकसन्नप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय