दसैंमा घर जाँदा सातदिन अनिवार्य क्वारेन्टाइन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नु अघि ७ दिन र गतव्यमा पुगिसेपछि ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

सोमबार मन्त्रालयको कोरोना अपटेडमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए।

डा. गौतमले घर जानुभन्दा अगाडी वा कतै यात्रा गर्न योजनामा भए अनिवार्य रूपमा एकान्तबास बस्नुपर्ने सरकारले निर्णय गरेको बताए।

‘७ दिन एकान्तबासमा बसेपछि कोरोना भाइरसको कुनै लक्षण वा चिन्ह छैन भने यात्रा गर्नुहोस,’ डा. गौतमले भने, ‘गतन्व स्थानमा पुगेपछि पुन ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ।’

क्वारेन्टाइन गर्न जिम्मेवारी स्थानीय तहको रहेने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय