स्वास्थ्य मन्त्रालयले भन्यो— आकस्मिक बाहेकका शल्यक्रिया नगर्नु

काठमाडौं उपत्यकामा रहेका अस्पतालालाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्नको लागि सरकारले निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपटेड मार्फत डा. जागेश्वर गौतमले अस्पताललाई सो निर्देशन दिएका हुन्।

उनले उपत्यकामा लक्षण भएका कोरोना संक्रमितको संख्या बढ्दै गएको हुनाले सो निर्णय गरेको बताए।

‘लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ,’ डा. गौतमले भने,‘ आकस्मिक बाहेका अन्य अप्रेशन नगर्दा कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने सम्भावना बढी हुन्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय