४१ बर्षिय बालरोग विशेषज्ञ डा.पन्नालाल पटेलको मृत्यु

बालरोग विशेषज्ञ डा. पन्नालाल पटेलको मृत्यु भएको छ।

करिब ५ अघि उनलाई ब्लड क्यान्सरको समस्या देखिएको थियो।

४१ वर्षीय डा. पटेलको दिल्लीस्थिती एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु हिजो राती मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक निरज सिँहले बताए।

डा. पटेल नारायणी अस्पतालमा कार्यरत रहेका छन्। केही समयदेखि उनी बिदामा रहेका थिए।

विगत ३ महिनादेखि दिल्लीमा ब्लड क्यान्सरको उपचार गराउँदै आएका थिए ।

केही दिन अघि एक्कासी ज्वरो आएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई सेप्सीसका कारणले मृत्यु भएको अस्पतालले बताएको डा सिंहले जानकारी दिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय