दशैं र तिहारमा घर आउनेले सातदिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज २६ गते १४:०१

कोरोना संक्रमण बढेसँगै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी शहरी क्षेत्रबाट घर फर्किनेहरुको पनि ताँती छ। अहिले सरकारका सबै संयन्त्रहरु काठमाडौं केन्द्रित नै छन्।

शहरमा देखिएको संक्रमण आफ्नो आँगनसम्म नपुगोस भनेर स्थानीय तहले पनि आफू अनुकुलका नियमहरु बनाउँदै गएका छन्।

शहरी क्षेत्रबाट दशैं र तिहारलाई लक्षित गरी घर फर्किन थालेपछि गोरखाको एक स्थानीय तहले घर आउँदा अनिवार्य सात दिन होम क्वारेन्टाइनमा बस्न उर्दी जारी गरेको छ।

सोमबार एक सूचना जारी गर्दै गण्डकी गाउँपालिकाको डा नम्बर ४ फुजेलले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दसैं र तिहारमा गाउँ जानेका यस्तो व्यवस्था लागू गरेको हो ।

दशैँका लागि असोज ३० भित्र गाउँ पुगिसक्नुपर्ने र ७ दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लगाइएको हो। विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्नेछ भने वडाले पिङ हाल्न, जुवातास खेल्न नदिने बताएको छ।

यस्तै, असोज ३० गतेभित्र चाडपर्व किनमेल सक्याउन पनि निर्देशन जार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय