फोन स्क्रिनमा २८ दिनसम्म कोरोना भाइरस जिवित रहनसक्छ

नयाँ अध्ययनअनुसार बैंक नोट, फोनको स्क्रिन र स्टेनलेस स्टील जस्ता वस्तुहरुमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहनसक्ने बताइएको छ।

अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीका अनुसार सार्स–कोरोना–२ भाइरस यस्ता केही सतहमा सोँचेकोभन्दा निकै लामो समयसम्म जिवित रहनसक्छ।

यद्दपी यो अनुसन्धान स्थिति तापमानमा अँध्यारोमा सतहमा गरिएको छ। अल्ट्राभ्वाइलेट लाइटको प्रयोगबाट यो भाइरस नष्ट हुने पनि पत्ता लगाइएको छ।

केही विशेषज्ञले भने यो कुरामा शंका पनि व्यक्त गरेका छन् कि सतहमा रहेको भाइरसबाट मानिसमा संक्रमण सर्नसक्ने खतरा कत्तिको वास्तविक हुन्छ।

अधिकांश घटनामा कोरोना भाइसको संक्रमण मानिसको खोकी, हाच्छ्युँ या त कुरा गर्दा निस्कने थुकका कणबाट हुने देखिएको छ। यसअघि ल्याबोरेटरीमा भएको परीक्षणमा बैंक नोट र सिसामा कोरोना भाइरस दुई वा तीन दिनसम्म मात्रै जिवित रहने पत्ता लगाइएको छ।

जबकि प्लास्टिक र स्टेनलेस स्टीलको सतहमा यो भाइरस ५ दिनसम्म मात्र जिवित रहनसक्ने बताइएको थियो। यद्दपी ल्याबोरेटरी परीक्षणको नतिजामा केही थोरै मात्र फरक थियो।

तर, अस्ट्रेलियाइ एजेन्सी सीएसआइआरओ को एक अध्ययनका अनुसार यो भाइरस निकै शक्तिशाली रहेको छ। त्यसमा भनिएको छ कि ‘२० डिगी सेल्सियस तापक्रम र अँध्यारोमा मोबाइल फोनको सिसा, प्लास्टिक र बैंक नोट जस्ता चिल्लो सतहमा २८ दिनसम्म जिवित रहनसक्छ।’

कोरोना भाइरसको तुलनामा यस्तै अवस्थाको फ्लुको भाइरस १७ दिनसम्म जिवित रहन सक्छ। भाइरोलोजी जर्नलमा प्रकाशित रिसर्चमा पत्ता लागेको छ कि, ‘जाडो मौसमको तुलनामा गर्मी यामा यो भाइरस कम समयसम्म जिति रहनछ।

४० डिग्री सेल्सियसमा राख्ने हो भने, यो भाइरसको संक्रामक असर २४ घण्टा पनि रहन सक्दैन।’ चिल्लो सतहमा यो भाइरस अधिक दिनसम्म जिवित रहनसक्ने रिसर्चमा बताइएको छ। जबकी खपडाजस्तो सतहमा यो भाइरस १४ दिनपछि जिवित रहन सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय