स्वास्थ्य मन्त्रालय अन्तर्गत चार निकायमा ६ जना मनोयन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका विभिन्न चारवटा निकायमा रिक्त रहेका विभिन्न पदमा सरकारले ६ जना व्यक्तिलाई मनोयन गर्ने निर्णय गरेको छ।

गत २२ असोजमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको हो।

सरकारका प्रवक्ता रहेको प्रदीप ज्ञवालीले आइतबार मन्त्री परिषद्को निर्णय सार्वजानिक गदै किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा डा बशिष्टप्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय गरेको बताए।

उनका अनुसार त्यसैगरी, सिहदरबार बैद्यखाना विकास समितिको अध्यक्ष पदमा डा बाबुराजा मात्यलाई मनोनित गर्ने निर्णय गरेको छ।

त्यस्तै मन्त्रीपरिषद्ले औषधि परामर्श परिषदमा प्राडा संगरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई नियुक्त गरेको छ।

ज्ञवालीका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा प्रा.डा देववहादुर रोका क्षेत्रीलाई मनोनित गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय