नेपालमा थप २२ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर थप २२ कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच महिला र १७ पुरुष रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा दुईजना, धनकुटा र सर्लाहीमा एकरएक जनाको ज्यान गएको छ। यस्तो काठमाडौंमा एक महिलासहित पाँचजनाको ज्यान गएको छ।

मन्त्रालयले ललितपुरमा एक, भक्तपुरमा दुई, चितवनमा चार, मकवानपुरमा एकजनाको ज्यान गएको जनाएको छ।

सिन्धुपाल्चोकमा एकजनाको र रुपन्देहीमा तीनजनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय