देशभर २ हजार ७१ जनामा कोरोना, उपत्यकामा १४१६

पछिल्लो २४ घन्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या १ लाख ७ हजार ७ सय ५५  पुगेको बताए।

आइतबार काठमाडौं उपत्यकामा १ हजार ४ सय  १६  जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ११ सय ४५  , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ३१ हजार ३ सय १५ संक्रिय संक्रमित र होम आइसोलेसनमा १६ हजार ६ सय ६६ जना रहेका छन्।

हाल ४ हजार ६ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ७५ हजार ८ सय १४ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.२ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय