अनसन तोडे डा. केसीले, आइसियु लगियो

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज २५ गते १०:१२

अनसनरत डा. गोविन्द केसीले अनसन तोडेका छन्। ‌

अस्पतालका सरसफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर उनलाई अनसन तोडाएका हुन्। शनिबार मध्यरातमा डा केसी र सरकारबीच आठबुँदे सहमति भएको थियो।

अनसन तोडेलगत्तै उनलाई उपचारका लागि आइसियुमा लगिएको छ। उनको स्वास्थ्य अवस्था निकै कमजाेर भइसकेको चिकित्सकहरुले बताएका छन्। जुम्लाबाट अनसन सुरु गरेका उनी पछि काठमाडौंकाे टिचिङ अस्पताल आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय