२७औं दिनमा ८ बुँदे सहमित, आइतबार विहान अनशन तोड्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज २५ गते १:२४

चिकित्साशिक्षा सुुधार र सुशासनसम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. केसी र सरकारी पक्षबीच २७औं दिन मध्यरातमा सहमति भएको छ ।

तीनदिनदेखि जारी लुकामारी अन्त्य गर्दै सरकारी पक्ष वार्तामा लचक भएपछि शनिबार राति सहमति भएको हो ।

शनिबार मध्यरातमा सहमति भएपनि अनशन भने आइतबार विहान ९ः ३० मा तोड्ने कार्यक्रम छ ।

यसअघि नेपाल चिकित्सक संघसहित विभिन्न ठूला अस्पताल एवं प्रतिष्ठानका आवासीय चिकित्सकले आइतबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

दुई दिनअघि नै तयार मस्यौंदामा प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत बिचबीचमा अडान राखेपछि सुरुकै दिनमा सकारात्मक भएको वार्ता पनि अल्झिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय