आइतबारदेखि देशभर स्वास्थ्य सेवा ठप्प

आइतबार देशभरका स्वास्थ्य संस्थाका सेवा पुर्ण रूपमा बहिष्कार गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ।

शनिबार एक विज्ञप्ती निकाल्दै संघले भोली आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्न जानकारी दिएको छ।

डा केसीको जीवन रक्षाका लागि सरकारले कुनै ठोस कदम नचालको भन्दै बाध्यताबस सेवा ठप्प पार्ने अवस्था आएको संघका महासचिव डा. बद्रि रिजालले बताए।

संघले बुधबार नै विरोधका चरणबद्ध कार्यक्रम गर्ने निर्णय गरेको घोषणा गरेको थियो।

तर, बिहीबार सरकारी वार्ता टोलीसँग सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले उक्त कार्यक्रम स्थगन गरेको थियो।

सरकारले वार्तातालाई गभ्भीर रूपमा अगाडी नबढाएको भन्दै पुन विरोधका कार्यक्रम गर्न लागेको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय