उपत्यकामा थपिए २ हजार ६ सय ७२ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २४ घन्टामा थप २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमित थपिएका छन्।

शनिबार देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको बताए।

आज देशभर ३० हजार ८ सय १८ संक्रिय संक्रमित र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेका छन्।

हाल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार २ सय २९ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ७४ हजार २ सय ५२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.२ प्रतिशत रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय