एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको बताए।

यो संख्या हाल सम्मको उच्च हो।

शनिबार काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार १ सय , भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ३० हजार ८ सय १८ संक्रिय संक्रमित र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेका छन्।

हाल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार २ सय २९ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ७४ हजार २ सय ५२ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.२ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय