‘सरकारले डा. केसीको ज्यानै लिने नियत देखायो’

अनसनरत डा. गोविन्द केसी पक्षले सरकार समझदारीबाट पछि हटेको बताएको छन्।

शनिबार बिहान विज्ञप्ती जारी गर्दै डा. केसीको पक्षको वार्ता टोलीले ज्यान जोखिममा रहँदारहँदै सरकारबाट कुनै ठोस निर्णय हुन नसकेको बताएका छन्।

२ दिनसम्म सरकार र डा. गोविन्द केसीको पक्षबीच भएको वार्ता हिजो राती बिना सहमति टुगिएको थियो।

‘तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त सझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गर्यो’, विज्ञप्तीमा भनिएको छ, त्यसक्रममा अनौपचारिक पहलमार्फत डा.केसी केही बुँदामा थप लचिलो समेत हुनुभयो र सरकार पक्षले वार्ता समझदारीमा टुंगिने आश्वासन दियो।’

असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गरेको उनीहरूको आरोप छ।

टोलीले राजनीतिक नेतृत्व पक्षले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न खोजेको विज्ञप्तीमा भनिएको छ।

‘साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो, केसी पक्षका वार्ता टोली संयोजक जीवन क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा। केसीको ज्यानै लिने नियत समेत उदांगो भयो।’

डा. केसीको स्वास्थ्यमा जोखिम बढेर जटिलता आई ज्यानै जान सक्न सम्भावना रहेको डा. क्षेत्रीले बताए।

सरकार लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारू गर्न उनले आह्वान गरेका छन्। राजधानीमा शनिबार मध्याह्न १२ बजे प्रदर्शन राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय