डा. केसीका माग पूरा गराउन चिकित्सक संघले आन्दोलन चर्काउने

असनरत डा. गोविन्द केसीका मागबारे सरकारसँग सहमति नभएपछि नेपाल चिकित्सक संघले फेरि आन्दोलन चर्काउने चेतावनी दिएको छ।

केसीका माग र उनको अनसनप्रति सरकार उदासिन भएको भन्दै संघले आन्दोलन चर्काउने चेतावनी दिएको हो।

सरकारले टोली बनाएर वार्ता आह्वान गरेपछि संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो।

२ दिनसम्म सरकार र डा. गोविन्द केसी पक्षबीच भएको वार्ता सहमतिमा पुग्न नसकेपछि थप आन्दोलनको तयारीमा रहेको संघले जनाएको छ।

यसबारे छलफल गर्न संघले आज दिउँसो ४ बजे पदाधिकारीको बैठक बोलाएको छ।

सुरुमा आन्दोलन चर्काउँनेगरी अगाडी बढेको संघले सरकार वार्तामा लचक देखिएकोभन्दा बन्द हड्तालको कार्यक्रम स्थगित गरेको थियो ।

तर, सरकार वार्तामा सकारात्मक बन्नुको सट्टा वेवास्ता गर्ने रणनीतिमा देखिएपछि बाध्य भएर कडा आन्दोलनको बाटो अंगाल्ने समय आएको संघका अध्यक्ष डा. लोचन कार्कीले बताए ।

डा. केसीको जीवन रक्षाका लागि सरकारले कुनै ठोस कदम नउठाएको भन्दै दाबावका लागि रणनीति बनाउन आकस्मिक बैठक बोलाएको संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।

उनले आकस्मिक र कोरोना संक्रमितको उपचार बाहेकका स्वास्थ्य सेवा ठप्प पार्नेसम्मको आन्दोलनको कार्यक्रम गर्नेसम्मको चेतावनी दिए।

बिहीबार संघले त्रिवि शिक्षण अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाँधेर रिले अनशन गरेका थिए।

डा. केसी अनसन बसेको आज २७ औं दिन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय