काेराेना संक्रमित नेकपाकी सचेतक शान्ता चाैधरी आइसियुमा

हेल्थपाेस्ट/काठमाडाै‌ं
प्रकाशित
२०७७ असोज २४ गते ११:४९

कोरोना भाइरस संक्रमित नेकपाकी सांसद शान्ता चौधरीलाई आईसियुमा भर्ना गरिएको छ। चौधरी नेकपाका संसदीय दलकी सचेतक हुन्।

संक्रमण पुष्टि भएको चाैथाे दिनसम्म पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई शुक्रबार राति आईसियुमा राखिएको हो।

अहिले उनको वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

उनका सचिवालयका कर्मचारी सन्तोष दहितका अनुसारलाई चौधरीलाई अहिले दमले पनि च्यापिरहेको छ।

करिब ६ वर्षअघिदेखि क्यान्सरसँग लड्दै आएकी चाैधरीले यो बीचमा फलोअप चेकजाँच गराउन पाएकी छैनन्।

उनले भारतको नयाँ दिल्लीमा क्यान्सरको उपचार गराएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय