गण्डकीका सांसद रेग्मी ४० दिनपछि कोरोनामुक्त

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मी ४० दिनपछि कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

बिहीबार स्वाब परीक्षण गरिएकोमा शुक्रबार नतिजा नेगेटिभ आएको हो।

कोरोना पोजेटिभ देखिएका प्रदेश प्रहरीका एसससपीको प्रत्यक्ष सम्पर्क रहेका सांसद रेग्मीको भदौ १४ मा पहिलोपटक स्वाब लिइएकोमा १७ गते कोरोना पुष्टि भएको थियो।

उनी प्रदेशसभा विधायन समिति सभापति हुन्।

४० दिनको बीचमा पाँचौं पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । पहिलो एक महिना पोखराको डेरामै आइसोलेसनमा बसेका रेग्मी असोज ११ गते गृहजिल्ला स्याङ्जास्थित घरमै बस्दै आएका थिए।

आइसोलेसनमा बस्दा सावधानी अपनाएर, बेसार, गुर्जो, कागती पानी, मह, आयुर्वेदिक औषधी खाएको उनले बताए।

उनले कोरोना सामान्य व्यक्तिका लागि रुघाखोकी जस्तै भए पनि आत्मबल कमजोर भएका, दीर्घरोगी, वृद्धवृद्धा र बच्चाका लागि समस्या हुने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय