कोरोना संक्रमणबाट बाँकेमा थप एक युवाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट शुक्रबार राति बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोराही नगरपालिका ३ गोग्ली दाङका १५ वर्षे युवकको मृत्यु भएको हो।

बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचाररत कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

युवाको यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्लाज्मा थेरापीलगायत सबै प्रकारको आवश्यक उपचार गर्दासमेत विरामीको स्वास्थ्यमा सुधार नआएको र उनको शुक्रबार राति साढे ८ बजे निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय