आइसोलेसन नबस्ने संक्रमितलाई ६ महिना जेल

बढ्दो कोरोना संक्रमणको जोखिमलाईं हेरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालनामा कडाइ गर्ने भएको छ। संक्रमित भइसकेपछि पनि आइसोलेसनमा नबस्नेलाई ६ महिना जेल हाल्नेसम्मको चेतावनी दिएको छ।

शुक्रबार कोरोना अपडेटका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पोजेटिभ रिपोर्ट आएकाहरु आइसोलेसनमा नबसे संक्रामक रोग ऐनअनुसार ६ महिना जेल हालिने चेतावनी दिएका हुन्।

उनले त्यस्तो बाध्यात्मक कानुन कार्यान्वयन गराउनुअघि नै सबै नागरिकले मापदण्ड पालना गर्न अनुरोधसमेत गरे। डा. गौतमले केही व्यक्तिहरु संक्रमित भएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।

उनले भने, ‘यदि आइसोलेनमा नबसेको पाइएमा संक्रमण ऐन अनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ। त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सूचना गरिसकेका छौँ।’

उनले संक्रमित व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्नुहुन अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय