एक लाख नाघे संक्रमित, उपत्यकामा अनियन्त्रित बन्दै

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असोज २३ गते १६:३१

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। बिहीबारसम्म जम्मा ९८ हजार ६१७ जना संक्रमित रहेकोमा शुक्रबार एक लाख ६ सय ७६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५९ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएको छ। दैनिक हजार भन्दा बढीको संख्यामा संक्रमित थपिँदै जान थालेका छन्।

उपत्यकाबाहिरका जिल्लामा कोरोना नियन्त्रणमा आउँदैगर्दा काठमाडौंसहित भक्तपुर र ललितपुरमा भने जनघनत्व धेरै भएकाले संक्रमण उच्च बन्दैछ।

यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय