कोरोना संक्रमणले दमकका ५२ वर्षे पुरुषकाे मृत्यु

झापा दमकका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  दमक ९ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत  थिए।असोज १८ गते भर्ना भएका उनमा कोरोना संक्रमण देखिएको थियाे। उनी सोही दिन प्रतिष्ठान भर्ना भएका थिए।

योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन  पुगेको छ। झापामा १२ कोरोना संक्रमितको  मृत्यु भइसकेको छ।

पहिलो पटक कोरोना संक्रमित फेला परेको दमकमा मृत्यु हुनेको संख्या पनि अन्यत्रभन्दा बढी छ।

यसअघि मृत्यु हुनेमा एक पुरुष र एकजना महिला छन्। दमकका ५८वर्षीय पुरुषको उपचारका क्रममा काठमाडाैंमा मृत्यु भएको हो। उनी दमक नगरपालिका-१ का स्थायी बासिन्दा हुन्।

कोरोना संक्रमणले मृत्यु हुने उनी झापाका पहिलो व्यक्ति हुन् । विराटनगर हुँदै काठमाडौँ पुर्‍यापछि भदौ ६ गते उनको मृत्यु भएको हो।

दमक नगरपालिका ७ की ६८ वर्षीया महिलाको असोज १७ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियाे। उनको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। तर, आफन्तले उनको ठेगाना विराटनगर ३ लेखाएका थिए।

दमकमा हालसम्म १८९ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

त्यसमध्ये १५५ जना निको भइसकेका छन्।

संक्रमित मध्ये नगर प्रमुख रोमनाथ ओलीसहित ३ जना जनप्रतिनिधि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय