डा. केसीका मागबारे प्रधानमन्त्रीसँगै ‘सल्लाह’ गर्नुपर्ने भएपछि छलफल रोकियो

डा.गोविन्द केसी र सरकारी पक्ष टोलीबीच शुक्रबार हुने भनिएको वार्ता अझै सुरू हुन सकेको छैन।

बिहीबार बेलुकासम्म दुवै पक्षबीच चरणको छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन।

आज पुनः बस्नेगरी बिहीबारको छलफल सकिएको थियो।

सरकारी टोलीले फेरि कतिबेला छलफल गर्ने भनेर समय नदिएको एक सदस्यले बताए।

सरकारी टोलीका सदस्यहरूले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णय लिने भनेपछि छलफलअघि बढ्न नसकेको हो।  त्यसका लागि प्रधानमन्त्रीले पनि समय दिएका छैनन्।

खासगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउने विषयमा समति हुन सकेको छैन।

डा. केसीले आधार मिचेर गरिएका ती नियुक्त्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न तथा विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

अरु विषयमा लगभग एक चरणको सहमति भइसकेको वार्तामा सहभागी एकजना सदस्यले बताए।

शिक्षा मन्त्रालयमा बिहिबार भएको वार्तामा डा. केसीले उठाएका सबै मागमा एक चरणको छलफल भएको थियो।

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा.केसीको पक्षबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली गठन गरिएको छ।

डा. केसी अनसन बसेको २५ दिन बितिसकेको छ। उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको चिकित्सकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय