कोरोना भयावह बन्दैः फेरि लकडाउन गर्नुपर्ने हो?

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ असोज २३ गते १२:५२

पछिल्लोपटक देशभरी कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दो छ। यसका साथै भूगोलले सबैभन्दा सानो तर जनघनत्व सबैभन्दा बढी भएको भक्तपुरमा पनि कोरोना संक्रमणको. दर उच्च छ।

अहिलेकै दरमा कोरोना संक्रमितको संख्या बढ्दै जान थाले भक्तपुरले धान्न नसक्ने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजार बताउँछन्।

‘भक्तपुरका सबै बिरामीहरु काठमाडौंका अस्पतालहरुमा उपचारका लागि हो?,’ मिजार भन्छन्, ‘अहिले काठमाडौंमा मात्रै दैनिक एक हजारभन्दा बढीको संख्यामा संक्रमित थपिँदैछन्।’

यस्तो अवस्थामा कोरोनाका बिरामी कहाँ व्यवस्थापन गर्ने? उनको प्रश्न छ। ‘पनि बिरामीको उपचारका लागि अस्पतालमा बेड खोजेर पठाउने त हो,’ उनले भने, ‘बेड नै फूल भएपछि हामीले पनि अब हात माथि उठाउनुपर्ने अवस्था आउँदैछ।’

बेड फूल भएकै कारण बुधबार स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौमतले बेहोस हुन लागेमा मात्र अस्पताल जानु नत्र घरमै बस्न भनेर भनेका छन्। उनले भने, ‘सर्वसाधारणले यस्तै लापरबाही गरेको खण्डमा अहिले सयौं पुगेका संक्रमित हजारौं नहोला भन्न सकिँदैन।’

त्यस्तै भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका इन्र्चाज रत्नसुन्दर लासिवाले अहिले परिस्थिति हेर्दा लकडाउन गरिहाल्नुपर्ने अवस्था आएको बताए।
‘सर्वसाधारणले तोकिएका मापदण्डहरु मानेका छैनन्, यसरी छाडा छोडेर त हामी कसैलाई पनि बचाउन नसकिने अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले अब पुनः लकडाउन गर्नुबाहेक अर्को विकल्प छैन।’

स्थानीय र सर्वसाधारणलाई स्वाब संकलन गरिसकेपछि क्वारेन्टाइनमा बस्नु भनेर पठाए पनि पिसिआर रिपोर्ट आएकाबेला सोध्दा घरमा नबस्ने गरेको उनले बताए। ‘आफैंले सोँचेर नियम पालना गर्नुपर्ने बेलामा सबैले सरकारले लिएको निर्णय भएन भनेर हुन्छ? सर्वसाधारण आफैंले पनि त बुझ्नुपर्ने हो नि होइन र?’, उनले थपे ।

उनले निराश हुँदै भने, ‘हिजोमात्र एकजना सिकिस्त भएका कोरोना संक्रमितलाई अस्पताल भर्ना गनुपर्ने थियो तर बिरामीलाई वेड खोज्दा बेड नपाएर घरमै अक्सिजन दिएर राखेका छौं।’ आज पनि एकजना बिरामीलाई बल्लबल्ल बेड खोजेर पठाएको उनले बताए।

अस्पताल तथा स्वास्थ्यकर्मीको अवस्था एकदम दयनिय भएकाले सबैलाई आफ्नो ठाउँमा सुरक्षित भएर बस्न उनले आग्ह गरे। मध्यपुर ठिमी नगरपालिका कोभिड इन्चार्ज भगीरत अधिकारीले कोरोना पोजेटिभ आएका र पछि नेगेटिभ देखाए पनि पुनः १४ दिन क्वारेन्टाइमा नै बस्नुपर्ने बताए।

उनले पिसिआरको भ्यालिदिटी पनि ७० प्रतिशतमात्र भएका कारण नेगेटिभ आए पनि क्वारेन्टाइनमा बस्नुपर्ने बताए। साथै स्वाब दिएपछि अनिवार्य होम आइसोलसनमा बसेको भए यति भयावह अवस्था नआउने उनको भनाइ छ। ‘सबैजना पिसिआर चेक गराउने अनि साथीभाई, छिमेकी, चिया पसल, डुल्ने यस्तो नि हुन्छ?’, उनले प्रश्न गरे।

अहिले थिमीमा कृषि विकास तालिम केन्द्रको आइसोलेसनमा ५० बेड छन्। जसमा ३५ जना अहिले बस्दै आएका छन्। उनले सर्वसाधारणको बानीमा सुधार नभए दशैंसम अझै भयावह स्थिति उत्पन्न हुने दाबी गरे।

सूर्यविनायक नगरपालिकाका बसन्त चापागाईले सूर्यविनायक नगरपालिकामा पिसिआर टेस्ट सम्बन्धित ठाउँमा गएर नै गर्ने भएकाले संक्रमितको संख्या केही कम भएको बताउँछन्।

‘संक्रमितहरु स्वाब दिन अस्पताल वा जनस्वास्थ्यसम्म जादाँ नै कतिलाई सारिसकेको हुन्छ। त्यसकारण हामीले स्वाब संकलन घरमै गएर गर्ने गरेका छौं। यसले पनि संक्रमितको संख्यामा केही कमी आएको हो’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय