अस्पताल पुग्न नपाउँदै गयो सुत्केरीको ज्यान

बाजुरामा अस्पताल पुग्न नपाउँदै सुत्केरी व्यथा लागेकी महिलाको बाटैमा मृत्यु भएको छ। बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी २३ वर्षीया अम्बकला रोकायाको अस्पताल नपुग्दै बाटैमा मृत्यु भएको हो।

सुत्केरी व्यथा लागेपछि उनलाई अस्पताल लैजान क्रममा बिहीबार राति मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष राजन रोकायाले जानकारी दिए।
रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए।

‘गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा सुत्केरी व्यथा लागेकी महिलालाई ५ घण्टासम्म बोक्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘समयमै स्वास्थ्यय केन्द्र पुर्‍याउन नसक्दा यसवर्ष मात्रै दुई महिलाले अकालमै ज्यान गुमाएका छन्।’

सुत्केरी व्यथा लागेकी उनलाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ प्रसूति सेवाका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण कोल्टी पठाइएको थियो।

कुरु गाउँमा प्रसूति केन्द्र स्थापना नहुँदा त्यहाँका महिलाहरुले समस्या भोग्दै आएका छन्। उनका अनुसार समयमै अस्पताल पु¥याउन नसक्दा बिहीबार मृत्यु भएकी अम्बकलासहित दुई वर्षको अवधिमा ७ जना सुत्केरीको मृत्यु भएको छ।

अध्यक्ष रोकायाले कार्यपालिका बैठकमा बुढिनन्दा नगरपालिका ४ को स्वास्थ्य आधारभूत इकाईमा प्रसूति केन्द्र स्थापना गर्ने प्रस्ताव पेश गरिएकोमा सो प्रस्ताव पारित हुन नसकेको बताए। बाजुरामा गत आर्थिक वर्षमा सुरक्षित प्रसूति सेवा नपाएर ५ जना सुत्केरी महिलाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय