वार्तालाई मध्यनजर गर्दै चिकित्सक संघको आन्दोलन तत्कालका लागि स्थगित

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका पक्षमा देशभरकै स्वास्थ्य सेवा ठप्प पार्नेगरी घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरु तत्काललाई स्थगित गरिएको छ।

सरकार र गोविन्द केसीका प्रतिनिधिबीच वार्ता चलिरहेकाले आजदेखि घोषणा गरिएको आकस्मिक र कोभिडबाहेकका स्वास्थ्यसेवा बन्द गर्ने आन्दोलन तत्काल स्थगित गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।

एक विज्ञप्ती जारी गर्दै संघले नेपाल सरकारका प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीच माग पूरा गर्ने सम्बन्धमा वार्ता चलिरहेकाले हाललाई आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको बताएको छ।

असोज २१ गते गठन भएको वार्ता टोलीको छलफल सकारात्मक रुपमा अगाडि बढीरहेकाले तत्काल आन्दोलन स्थगित गरिएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय