नारायणी प्रयोगशालाकाे परीक्षणबाट थप १९ जना संक्रमित

वीरगन्जको नारायणी प्रयोगशालामा १९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहिबार राति गरिएको पिसिआर परीक्षणमा पर्सा र बारा गरी थप १९ जनामा संक्रमण भएको हो।

संक्रमित हुनेमा १६ वर्षदेखि ६७ वर्षसम्मका छन्। बिहीबार राति प्रयोगशालामा २ सय ९२ जनाको स्वाब परीक्षण गरिएकोमा पर्सका १२ र बाराका ७ मा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।

संक्रमित हुनेमा ३ जना महिला र १६ जना पुरुष छन्। पर्साका १२ जनामा संक्रमण पुष्टि भएकोमा वीरगन्जस्थित सिद्धार्थ बैंकका एक कर्मचारी छन् भने एक जना तराई अस्पतालका हुन्।

वीरगन्ज महानगरपालिका वडा १३ का ३ जना , वडा १० का २ जना र वडा ७, ३० मा एक-एक जनामा संक्रमण पुष्टि भएको छ।

कालिकामाई गाउँपालिकाको वडा १ मा एक जना र पर्सागढी नगरपालिका वडा १ मा एक जना र जगरनाथपुर गाउँपालिकामा एकजना संक्रमित थपिएका छन्।

भूमि सुधार तथा मालपोत कार्यालय बाराका एक जनामा संक्रमण देखिएको छ।

जितपुर सिमरा उपमहानगरपालिकामा ५ जना संक्रमण थपिएको छ भने प्रसौनी गाउँपालिका वडा ६ मा एकजना कोरोना संक्रमण पुष्टि भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय