संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकामा १८१ आइसियू र ७६ वटा मात्रै भेन्टिलेटर क्षमता

बिहिबार देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका रहेका छन्। त्यसमध्ये पनि काठमाडौंमा मात्रै २ हजार ८५ जना संक्रमित थपिए।

काठमाडौं उपत्यकामा भाइरसको संक्रमण दिनप्रतिदिन फैलिदै गइरहेको छ।

उपत्यका भाइरसको दलदलमा धसिदै गइरहेको छ। उपत्यकामा पनि काठमाडौं सबैभन्दा बढी जोखिममा छ।

उपत्यकामा कुल एक सय ८१ आइसियू रहेका छन जसमध्ये ८२ वटा आइसियू अहिले प्रयोगमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल आइसियूको ४५.३ प्रतिशत हो ।

त्यसैगरी, काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर रहेका छन्। जसमा २७ वटा अहिले प्रयोग भइरहेका छन । यो कुल भेन्टिलेटरको ३५.५ प्रतिशत हो।

उपत्यकामा तीव्र गतिमा संक्रमण फैलिएको भन्दै सबैले मापदण्ड पालना नगरेमा स्थिति गम्भीर हुन सक्नेप्रति सबैले मनन गरिदिन डा. गौतमले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय